दमकमा बिद्यालयशिक्षा लक्षित नवसिर्जना मेला सुरु

0
917

कात्तिक २०/
विद्यालय शिक्षामा पुर्नताजगी ल्याउने उदेश्यले दमकमा आज देखि नवसिर्जना मेला शुरु भएको छ ।
मेलामा विद्यार्थीहरुमा वैज्ञानिक युगमा चलचित्रहरु निर्माण गर्ने तरिका, चल्ने सामग्रीहरू, पारिस्थितिक प्रणाली, वैज्ञानिक आविष्कारहरु, मिडिया साक्षरता जस्ता विषयवस्तुहरुमा रोचक ढंगबाट समूहगत रुपमा सक्रिय सहभागी भएर छलफल तथा अन्तरक्रिया गरिने जनाइएको छ । दमक नगरपालिका समेतको आयोजनामा अमेरीकी दूतावासको बुक बस कार्यक्रम अन्तर्गत सञ्चालित सो मेला आगामी २३ गते सम्म चल्ने दमक नगरपालिकाकी प्रवक्ता समेत रहनु भएकी उप प्रमुख एवम् शिक्षा समिति संयोजक गीता अधिकारीले जानकारी दिनु भयो ।
दमक ९ स्थित सरस्वती माविमा शुरु भएको सो मेलाको आज बिहान दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गर्दै यस किसिमका रचनात्मक कार्यक्रमहरुले शैक्षिक विकासमा थप सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो ।
यस अघि तीन स्थानमा यस प्रकारको मेलाको आयोजना गरिएको भए पनि स्थानीय तहको अगुवाईमा नेपालमा पहिलो पटक कार्यक्रमको आयोजना गरिएको मेला आयोजक मध्येको सोतरी नामक संस्थाकी निर्देशक सुवानीसिंह श्रेष्ठले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here