दमक बजारमा दशैंको चहल पहल बढ्यो

0
734

असोज १७/
यस बर्षको दसैंको सुरुमा बर्षा र झरीका कारण ब्यापार नभएर निराश भएका दमकका व्यापारीहरु अहिले भने चहल पहल बढेपछि उत्साहित भएका छन् । सधैं घटस्थापना देखीनै ब्यस्त हुने व्यवसायीहरु यस बर्ष भने पानी र बर्षाका कारण निराश बनेका थिए । तर दशैंले छोपिसक्दा मौशममा सुधार आए संगै दमक बजारमा पनि चहल पहल बढेकाले व्यापारीहरु उत्साहित भएका हुन ।
अहिले दमक बजारका प्राय सबै व्यवसायीहरु व्यस्त रहेको बाणिज्य संघ दमकका प्रथम उपाध्यक्ष राजु खड्काले बताउनु भयो । दशैंको सुरुमा झरीका कारण निराश भएका ब्यापारीहरु पनि अहिले मौशम खुलेकाले उत्साहित भएको उहाँले बताउनु भयो ।
बजारमा भोलिसम्म चाप रहने र त्यसपछि भने सुनसान हुने व्यापारीहरुले बताएका छन् । भोलि फूलपाती हो । फुलपाती पछि भने गाउँ घरमै नागरिकहरु रमाउने भएकोले बजार सुनसान हुने उपाध्यक्ष खड्काले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here