असोज १५/
११ बर्षिय बाल साहित्यकार अन्वेसा चापागाईंको कथा संग्रह द ईमाजिनिसनको आज एक कार्यक्रमका विच विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यका दुस्यान्त भट्टराई मेचि सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराई, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेम अधिकारी, कथाकार अन्वेसाकी जिजुहजुरआमा ईन्दिरा चापागाईं लगायतले कथा संग्रह द ईमाजिनिसनको बिमोचन गर्नु भएको हो । साहित्यकला संगम दमकको आयोजनामा भएको कार्यक्रममा कृतिको बारेमा समिक्षा गर्दै साहित्यकार धनकुटे कान्छा र बाँस्कोटा धनन्जयले ११ बर्षको उमेरमा कथा संग्रह जस्तो कृति बजारमा ल्याउनु निक्के ठुलो चुनौति भए पनि कथा संग्रह उत्कृष्ट कृति भएको बताउनु भयो । अहिलेका बालबालीकाहरु आधुनिक प्रबिधिमा रमाईरहेका बेला कथा संग्रहनै प्रकाशन गर्नुनै ठुलो उपलब्धि भएको समिक्षकहरुले बताउनु भयो ।
द ईमाजिनिसन कथा संग्रहमा नैतिक सन्देश दिने खालका १२ वटा कथाहरु संग्रहित रहेका छन् । अंग्रेजी भाषामा लेखिएको कथा संग्रहलाई मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको हो । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष डाक्टर नविन चापागाईंकी छोरी अन्वेसालेले लेखेको कथा संग्रहको सम्पादकमा समालोचक धनन्जय बाँस्कोटा रहनु भएको छ ।