झापको गौरादह नगरपालिकामा कर्मचारीको कारण एक व्यक्तिको मृत्यु भएको भन्दै स्थानियद्वारा शब सहित प्रदर्शन

0
640

असोज १३/
झापको गौरादह नगरपालिकामा कर्मचारीको कारण एक व्यक्तिको मृत्यु भएको भन्दै स्थानियले आज दिनभर नारावाजी गर्दै नगरपालीका घेराउ गरेका छन् । गौरादह नगरपालिका वार्ड नं ८ भुडिसिमल का अन्दाजी ५८ बर्षिय धनवीर राजवंशीको नगरपालीकाका कर्मचारीको कारण मृत्यु भएको भन्दै स्थानियले लास सहित नगरपालीकामा प्रदर्शन गरेका हुन् ।
स्थानिय बैराती बजारको टहरा निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका राजवंशीलाई काम सम्पन्न भयीसक्दा पनि कर्मचारीले भुक्तानि नदिएको भन्दै हिजो नगरपालिकामा भुक्तानीका लागि आउनु भएको थियो । तर हिँजो दिउसो १ बजे आएपनि नगरपालीकाका ईन्जिनियर सचिन क्षेत्रीले विभिन्न वाहानामा कागजात नमिलेको भनेपछि उहाँ कार्यालयमा बेहोस भएको एक प्रत्यक्षदर्शीले बताए । राजबंशी बेहोस भएपछि केही समय बोमिट भएको र उहाँलाई दमकस्थित आम्दा अस्पताल ल्याईएको थियो । दमकमा उपचार सम्भव नभएपछि विराटनगर स्थित नोवेल अस्पताल लैजाँदै गर्दा बटोमै राजवंशीको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
जेठ महिनामा निर्माण समित गठन भई टहरा निर्माणका लागि नगरपालिकाले ३ लाख रूपैया बजेट छुट्याएको थियो । असार मसान्तमा काम सम्पन्न भई भुक्तानीका लागि नगरपालिका पटक पटक आएका राजवंशी हिजो पनि कागजात नमिलेको भन्दै कर्मचारीले भुक्तानी नहुने भनेपछि बेहोस भएको स्थानियले बताएका छन् । भुक्तानीका लागि नगरपालिका पटक पटक आए पनि नगरपालिकाका ईन्जिनियर क्षेत्रीले विल, फोटोलगायत अन्य कागजात नमिलेको भन्दै राजबंशीलाई नगरपालिकाबाट फर्काएको उत्त योजनाका ठेकेदार युवराज वास्तोलाले बताउनु भयो । काम सम्पन्न असार मसान्त नै भईसके पनि दशैं आउनलाग्दा समेत भुक्तानी नपाउँदा कामदारको दबाब र नगरपालीकाका कर्मचारीले दिएको तनाबका कारण राजबंशीको मृत्यु भएको भन्दै स्थानियले ईन्जीनियर क्षेत्रीलाई कारबाही गर्नु पर्ने भन्दै नगरपालीकामा प्रदर्शन गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here