उद्योग वाणिज्य संघ दमकमा नव निर्वाचित टिमलाई पदहस्तान्तरण

0
913

असोज १३
उद्योग वाणिज्य संघ दमकको पदहस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।
पदहस्तान्तरणसंगै गोकुल श्रेष्ठ नेतृत्वको नव निर्वाचित कार्य समिति र लेखा समितिलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराईएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रिय अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्य र संघका दमक अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा दुई चरणमा भएको कार्यक्रममा संघका अध्यक्ष ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पद हस्तान्तरण गर्नु भयो भने निर्वाचन समितिका सम्योजक दिलिप श्रेष्ठले नव निर्वाचित टिमलाई सपथ ग्रहण गराउनु भयो ।
त्यस अघि भएको उद्घाटन कार्यक्रमका वक्ताहरुले सरकारले एकपछि अर्को गर्दै निजी क्षेत्रमाथि करको भार थपेको आरोप लगाए । उनीहरुले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा संघका अध्यक्ष ढकालले आफ्नो कार्यकालमा व्यवसायिक हितकोष स्थापना गरेको, घरवेटी र व्यवसायीहरुबीचको समस्या समधानका लागि सहजीकरण गरेको, व्यवसायीहरुका विविध समस्याहरुलाई नजिक रहेर समाधानका लागि सहजीकरण गर्न भुमिका निर्वाह गरेको बताउँदै आफ्नो टिमका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई धन्यवाद दिनुभयो ।
संघद्धारा गठित पदहस्तान्तरण कार्यक्रम तयारी उपसमितिका संयोजक दिपेन्द्र ढुंगेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको पहिलो चरणको सञ्चालन संघका संघका प्रथम उपाध्यक्ष तथा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँले गर्नु भएको थियो भने दोश्रो चरणमा निर्वाचन समिति सदस्य लीला गुरागाइँले सञ्चालन गर्नु भएको थियो । संघको निर्वाच नगत २० भदौमा सम्पन्न भएको थियो । निर्वाचनबाट संघ आगामी तिन बर्षे कार्यकालका लागी पदाधिकारी र सदस्यहरु सहित लेखा समितिमा कूल २१ जना निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here