झापाको दमक र मोरङ्गको मधुमल्लालाई जोड्ने मावा खोलामा पुल निर्माण

0
1447

असोज १०/
झापाको दमक र मोरङ्गको मधुमल्लालाई जोड्ने मावा खोलामा पुल निर्माण भए पछि बर्षौ देखि स्थानीय बासिन्दाले भोग्दै आएका हैरानी र जोखिम अन्त्य भएको छ । पुल संचालनमा आए पछि झापाको व्यापरिक केन्द्र दमक र मोरङ्गको पुरानो मधुमल्ला बजारबीचको व्यवसायिक कारोवार समेत बृद्धि हुन थालेको छ ।
दमक र मोरङ्ग मिक्लाजुङ्ग गाउँपालिकाको सिमानामा रहेको मावा खोलामा पुल निर्माण भए पछि बर्षातमा ज्यान जोखिममा राखेर आवातजावत गर्नु पर्ने बाध्यता सँधैका लागि अन्त्य भएको दमक नगरपालिकाका वडा अध्यक्ष नविन बरालले बताउनु भयो ।
पुल महाशाखा पूर्वी सेक्टर नम्बर १ योजना मार्फत ३० करोड २२ लाख ९२ हजार भ्याट सहितको लगानीमा शर्मा लामा जेभीलाई २०७२ साल असार २९ गते सम्झौता गराई काम शुरु गरिएको थियो । तोकिएको समय सिमा भित्र पुल निर्माण भए पछि बर्षौं देखिको समस्या हटेको भन्दै स्थानीय बासिन्दा खुशी भएका छन् ।
मावा खोलामा २ सय ५० मिटर लम्बाई र ११ मिटर चौडाइको पुल निर्माण तोकिएको समयमै सम्पन्न भएको छ । पुल निर्माणले बर्षातमा दमक देखि मधुमल्ला हुँदै मोरङ्ग, इलाम र पाँचथर जिल्लाका चुरे र पहाडी भूभागका विभिन्न क्षेत्रमा आवात जावात गर्न सहजता ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here