प्रदेश १ मा हुनलागेको अन्तराष्ट्रिय चलचित्र महोत्सवको बिषयमा दमकमा अन्तक्र्रिया

0
1375

असोज ९/
प्रदेश १ मा हुनलागेको अन्तराष्ट्रिय चलचित्र महोत्सवको बिषयमा आज दमकमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकार र चलचित्र बोर्डको आयोजनामा हुन लागेको चलचित्र महोत्सव आगामी कात्तिक २२, २३ र २४ गते सुनशरीको धरानमा हुने छ । सोहि कार्यक्रमको बिषयमा आज प्रदेश १ का चलचित्र हल सञ्चालक र चलचित्र बितरकहरु विच दमकमा अन्तक्र्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष केशब भट्टराईले मुलुक संघिय संरचना गईसकेपछि पहिलो पटक हुन लागेको यो कार्यक्रम सफल बनाउन सबैको सहयोग आवस्यक रहेको बताउनु भयो । महोत्सवको उद्घाटन र समापनको औपचारीक कार्यक्रम मात्रै धरानमा हुने भन्दै बोर्डका अध्यक्ष भट्टराईले २२ गते भन्दा १० दिन अघि देखीनै प्रदेशका बिभिन्न सहरहरुमा अलग अलग कार्यक्रम गरिने जानकारी दिनुभयो । चलचित्र सम्बन्धि क्विज प्रतियोगिता, चलचित्रका गितहरुमा नृत्य प्रतियोगिता लगायतका बिभिन्न कार्यक्रमहरु प्रदेशका बिभिन्न सहरमा सञ्चालन गरिने भएकोले प्रदेश १ लाई नेपाली चलचित्रमय बनाउन सबै लाग्नु पर्ने उहाँले बताउनु भयो । त्यसैगरी नेपाली ऐतिहाँसिक र पुराना कालजयी चलचित्रहरुलाई डिजिटल फर्मेटमा रुपान्तरण गरिएकोले ति चलचित्रहरु पनि उक्त अवसरमा प्रदर्शन गरिने पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाल चलचित्र संघका प्रदेश नम्बर १ सम्योजक चैतन्य बरालले प्रदेशका कुन ठाउँलाई चलचित्रको नगरी बनाउने, छायाङ्कन स्थलको पहिचान, चलचित्र छायाङ्कन स्थलको निर्माण तथा प्रदेशका जातजातीको बिबिधता झल्काउने काम महोत्सवले गर्ने बताउनु भयो । महोत्सवमा चलचित्रको ईतिहाँस, वर्तमान र भविश्यको समेत पहिचान गर्नेगरी कार्यक्रम हुने बरालले स्पष्ट पार्नुभयो ।
प्रदेश १ आदिवासी जनजातीको उद्गम स्थल भएकोले यहाँका संस्कार र संस्कृतीलाई चलचित्रमा समेटिएका कुरा र आगामीदिनमा समेटिने बिषयहरुमा पनि छलफल हुने बरालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here