दमकमा पहिलो पटक अत्याधुनिक मेसिन चिकेन ग्रिलबाट बनाईएका कुखुराको मासुका बिभिन्न परिकारहरु पाईने

0
981

असोज ९/
दमकमा पहिलो पटक कुखुराको मासुका बिभिन्न परिकारहरु बनाउने अत्याधुनिक मेसिन चिकेन ग्रिलबाट मासुका बिभिन्न परिकारहरु बनाईने भएको छ । दमकमै लामो समय देखी होटल व्यवसाय संलग्न युवाहरुको लगानीमा स्थापित केविटी ग्रिल एण्ड फास्ट फुड कम्पनीले कुखुराको मासुका पारखीहरुलाई बिभिन्न परिकारहरु उपलब्ध गराउन अत्याधुनिक मेशिन ल्याएको हो । दमक पुरानु पुर्व बस स्टेण्ड छेउमा रहेको पुकार होटल, पुर्व बस स्टेनमा रहेको कन्चनजंघा गेष्ट हाउस र गोर्खा डिपार्टमेन्ट स्टोर पुर्वमा रहेका गोर्खा होटलमा यो मेशिन राखेर कुखुराको माशुका बिभिन्न परिकारहरु बनाईने छ ।
आगामी घटस्थापनाको दिनबाट तिनै वटा होटलमा सुभारम्भ गरिने मेशिनमा बिषेश गरी सिङ्गो कुखुराको रोष्टका साथै चिके कबाब, चिकेन सलाद, चिकेन समोसा, चिकेन मोमो र चिकेन नुडल्सका परिकारहरु पाईने कम्पनीका सञ्चालक भक्ति प्रसाद खनालले जानकारी दिनुभयो ।
यो मेशिनमा ३ सय डिग्रिको तापक्रममा माशु पकाईने भएकोले यस मेशिनबाट पकाईएको माशु कोलेस्ट्र, सुगर, प्रेसर लगायतका बिरामीहरुले पनि खान सकिने सञ्चालकले बताएका छन् । अत्याधुनिक मेशिनबाट पकाएको माशु स्वस्थ बर्धक हुने र यहाँको उपभोक्ताको अवस्था हेरी सुपथ मुल्यमै मासुका परिकारहरु उपलब्ध गराईने पनि सञ्चालक खनालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here