झापा गौरिगञ्जको कृष्णे खोलमा बाँसे पुल तर्दा व्यक्तिलाई रकम तिर्नु पर्ने , खोलामा पुल बनाएर रकम असुल्न गाउँपालीकाको साथ

0
498

असोज ८/
झापाको गौरीगञ्ज गाउँपालिका – २ र ३ को सिमामा पर्ने कृष्णे खोलामा एक स्थानीय व्यक्तिले पुल निर्माण गरेर आफुखुशी शुल्क लिइरहेको पाईएको छ । यसरी पुल बनाएर नागरिक संग रकम असुल्न गाउँपालीकालेनै अनुमति दिएको पाईएको छ ।
नजिकै हुलाकी मार्गको पुल निर्माण भइरहेको छ । सोहि पुल निर्माण पछि त्यहि बाटो सञ्चालन हुने भएपनि हाललाई आवात जावत गर्न पुलको समस्या छ । सोहि समस्याको फाइदा उठाउँदै स्थानीय सत्य नारायण राजवंशीले पुल निर्माण गरी प्रयोग गरे वापत रकम लिइरहेको पाईएको हो । एक जना व्यक्ति पुल तरेको ५ रुपैयाँ, साइकल सहितको १० रुपैयाँ र मोटर साइकल सहित पुल तरेको २० रुपैंया लिदैं आएको राजवंशीले बताउनु भयो । करिब १० हजार रुपैयाँको लगानिमा पुल निर्माण गरेको उहाँले बताउनु भयो ।
१० हजार रुपैयाँमै पुल निर्माण गरेर नागरिकलाई सेवा दिन सकिने भए पनि गाउँपालीकाले भने व्यक्तिलाई रकम असुल्न अनुमति दिएको पाईएको छ । बाँसे पुल निर्माण गरि रकम असुल्न मौखिक अनुमति दिएको गौरिगञ्ज गाउँपालीकाका अध्यक्ष बाबुराजा श्रेष्ठले स्विकार गर्नु भयो । उहाँले गाउँपालीकाले निर्माण गरेको पुल संरक्षण नहुने भएकोले व्यक्तिलाई पुल निर्माण गरी रकम उठाउन अनुमति दिएको बताउनु भयो ।
नागरिकबाट धेरै गुनासो आएकोले गाउँपालीकालेनै पुल निर्माण गर्ने तयारी गरेको पनि उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here