कांग्रेसको दोस्रो चरणको जागरण कर्याक्रम अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा ३६ वटा कार्यक्रम १२ सय कार्यकर्ता परिचालीत

0
531

असोज ८/
गत भदौ २४ गते विपि जयन्तीको दिन देखी असोज ७ गते सम्म १५ दिन सञ्चालन गरीएको दोस्रो चरणको जगरण अभियान झापाको क्षेत्र नम्बर ५ मा अत्यन्तै प्रभावकारी भएको पार्टि नेताहरुले जनाएका छन् । क्षेत्रीय सभापती ढुण्डी भण्डारीका अनुसार अभियान अन्तर्गत १५ दिन सम्म सञ्चालीत कार्यक्रममा क्षेत्रभरीका २९ वटा वडामा ३६ वटा कार्यक्रम सम्पन्न गरिए । क्षेत्र नम्बर ५ अन्तर्गतका दमक र गौरादह नगरपालीका सहित कमल र गौरिगञ्ज गाउँपालीकाका सवै वडाहरुमा कार्यक्रम सञ्चालन गरिएको क्षेत्रीय सभापती भण्डारीले जानकारी दिनुभयो । कार्यक्रम सफलब बनाउन क्षेत्रभर पार्टिका १ हजार २ सय कार्यकर्ता परिचालीत भएको पनि उहाँले बताउनु भयो ।
कार्यक्रम अवधिभर १४८ जना अग्रज नेता कार्यकर्ता साथै प्रजातन्त्रका सेनानीहरुलाई सम्मान गरिएको पार्टिका क्षेत्रीय सभापती धर्मानन्द भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी बुद्धिजिवि, प्राध्यापक, शिक्षक तथा नागरिक समाज संग दुई वटा अन्तर्कि्रया कार्यक्रम, क्षेत्रभरीका स्थानिय तहमा कांग्रेस बाट निर्वाचित जनप्रतिनिधिहरु विचको अन्तक्र्रिया कार्यक्रम दुई वटा र युवा लक्षित कार्यक्रम समेत सञ्चालन गरिएको उहाँले बताउनु भयो । त्यस्तै सरकारले गरेका गलत कामको भण्डाफोरका साथै खबरदारी सभा पनि दुई वटा गरिएको क्षेत्रीय सचिव भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रम अत्यन्तै प्रभावकारी र उत्साहजनक रुपमा सम्पन्न भएको पार्टिका प्रदेश क्षेत्र सभापती रोहित शाहले बताउनु भयो । कार्यक्रमले पार्टिका नेता कार्यकर्तामा उर्जा थप्नुका साथै जनताहरुमा पनि उत्साह बढेको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here