प्रधानमन्त्रीको गृहनगरमा कांग्रेसको बिरोध प्रदर्शन

0
608

असोज ७
नेपाली कांग्रेसले आज दमकसहित जिल्लाका दश ठाउँमा सरकार विरुद्ध खबरदारी तथा विरोध सभा सम्पन्न गरेको छ ।
पार्टीले १४ दिनदेखि जारी राखेको हिमाल पहाड तराई मधेस दोश्रो जनजागरण राष्ट्रिय अभियान अन्तर्गत सबै प्रदेश सभा क्षेत्रमा त्यस किसिमका विरोध सभा गरेको हो । झापा क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा ख क्षेत्रको आयोजनामा दमक चोकमा भएको सभालाई सम्बोधन गर्दै वक्ताहरुले सरकारको कार्यशैली राज्य र सामाजिक संघ संस्थाहरुमा पार्टीकरण भएको आरोप लगाए । सभामा अभियानका केन्द्रिय प्रतिनिधि विनोद राईले कांग्रेसले जनजागरण मार्फत सरकारलाई सांकेतिक विरोध प्रस्तुत गरेको बताउनु भयो ।
सभामा कांग्रेस सांसद एवम् नेतृ महेन्द्रकुमारी लिम्बुले प्रहरी प्रशासनमा समेत नेकपाको पार्टीकरण भित्रिँदा हिंसा पीडित महिला तथा उत्पीडितहरुले न्याय पाउन नसकिरहेको बताउनु भयो । उहाँले आफु अन्यायका विरुद्ध जनताको प्रतिनिधित्व गर्दै जुनसुकै आन्दोलनको पनि अगुवाई गर्न तयार रहेको उद्घोष गर्नु भयो । सांसद सुब्बाले राज्यका निकायहरुमा बढ्दो पार्टीकरण र तानाशाही प्रवृत्तीले लोकतन्त्रमाथिनै खतरा बढेको औंल्याउनु भयो । कार्यक्रममा पार्टीका जिल्ला उपसभापति राम कट्टेलले कम्युनिष्टहरु संग सासकिय क्षमता नुहँदा नागरिकहरु निराश बन्दै गएको बताउनु भयो । पार्टीका ५ नम्बर क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रम प्रदेश ख क्षेत्रका संयोजक पदम लिम्बुको सभापतित्वमा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here