0
420

असोज ७/
दमक नगरपालिकाले विपन्नहरुको आर्थिक अवस्था सुधार्न थालेको कृषि उपार्जन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरले १० बर्षका लागि अढाई विगाह जग्गा भाडामा लिएर २१ लाख रुपयाँको खर्चमा टनेल मार्फत शुरु गरिएको खेतीले विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउन थालेको छ ।
आफ्नो नाममा एक धुर पनि जमिन नभएकी पवित्रा देवी चम्लागाईंले नगरले उपलव्ध गराएको जग्गामा खेती गर्दा मनग्य आम्दामी हुन थालेको बताउनु भयो ।
उहाँ जस्तै १७ घर परिवारलाई दमक नगर पालिकाले गरिबी न्यूनिकरणका लागि कृषि उपार्जन सहयोग गरेको छ । अर्गानिक वेमौषमी तरकारी बालीमा सहयोग गरेकाले उत्पादित तरकारीले राम्रो बजार र आम्दानी लिने गरेको समूहका अध्यक्ष भगिरथ अधिकारीले बताउनु भयो ।
आर्थिक अवस्था कम्जोर भएकाहरुलाई टनेल तथा सोलार सिंचाई राखेर आफ्नो मेहनेत आफ्नै कमाई हुने अवस्था सृजना गरेकाले दमक वडा नं. ३ साधुथान बस्तीका बासिन्दाहरु खुशी साथ काममा लागेका छन् । नगरमा बसोबास गर्ने तर खेती गर्ने जग्गा नभएकाहरुलाई कृषिमा आत्मा निर्भर बनाउँन नगरको २१ लाख रुपयाँ आर्थिक सहयोगमा अर्गानिक तरकारी उत्पादन थालिएको दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले बताउनु भयो ।
झापाका स्थानीय तहहरुले पछिल्लो समय विपन्न तथा पिछाडिएका समूदायलाई घर निर्माण देखि विभिन्न कार्यमा सहयोग गर्दै आएका छन् । विपन्न परिवारको आर्थिक उपार्जनमा थालिएको यस्ता कार्यले कृषिमा आत्मा निर्भरता ल्याउनुका साथै समृद्ध समाज निर्माणमा सहयोग पुग्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here