२ दिन देखीको अबिरल बर्षाका कारण प्रदेश नम्बर १ मा १ जनाको मृत्यु , १ जना घाईते कैयौं घर डुवानमा

0
383

असोज १/
२ दिन देखीको अबिरल बर्षा संगै आएको बाढी तथा पहिरोमा परी १ नम्बर प्रदेशका बिभिन्न स्थानमा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका यसैगरी बाढीका कारण १२ घर डुवानमा परेका छन् ।
संखुवासभाको मकालु गाउँपालिका ६ की २६ बर्षिय शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ । अस्ति सोमबार अपरान्ह ४ बजे तिर आफन्तको घर गएर फर्कने क्रममा सिलिचोङ गाउँपालिका ५ र मकालु गाउँपालिका ६ को बिचमा पर्ने पोखुवा खोलाले बगाउँदा राईको मृत्यु भएको हो । यसैगरी अबिरल बर्षाका कारण संखुवासभाको सिलिचोङ गाउँपालिका ३ का अर्जुन राईको घर भत्कदा बिस्थापित भएका छन् ।
यता झापाको माईखोलामा आएको बाढीले कटान गर्दा जोखिममा परेका झापाको शिवसताक्षी नगरपालिका १० बानडाँडा सुकुम्वासी टोलमा रहेका ३ घर परिवारलाई अन्यत्र सारिएको छ । यस्तै सुनसरीको धरान ४ स्थित निशाने खोलामा आएको बाढीले कटान गरेपछि पहिरो गएर एउटा होटल बगेर पुर्णरुपमा क्षति पुगेको छ भने कोशी राजमार्गको धरान भेडेटार सडकखण्ड र अन्य केही घरहरु पनि उच्च जोखिममा परेको छ ।
गए राती निशाने खोलाको कटानले पहिरो गएपछि भक्तबहादुर राईको होटल ए वान बगाएर पुर्णरुपमा क्षति पुगेको छ । पीडित राईका अनुसार भौतिक संरचना मात्र २५ लाख बढीको क्षति पुगेको छ भने ३ कट्ठा जमिन पनि सबै बगेको कारण करोड बढी क्षति भएको छ ।
उता उदयपुरको बेलका नगरपालिका ३ निशानटोल सातपत्रेका १२ घर डुवानमा परेका छन् । स्थानीय गिदेरी खोलाको बाढी गाउँ पस्दा उक्त टोलका १२ घर डुबानमा परेका हुन् । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका ३ को काली खोलाले को १ च ६४२० नम्बरको मारुति भ्यानलाई बगाउदा क्षति भएको छ । उक्त भेनमा सवार ३ जनाको सकुशल उद्धार गरिएको छ भने भेनलाई खोलाबाट बाहिर निकालीएको छ । त्यस्तै बेलका नगरपालिका ६ घारे खोलाको बाढीले हाईड्रोपावर बगाउदा १५ घर परिवारको बिद्युत अबरुद्ध भएको छ भने उक्त बाढीले स्थानीय मान बहादुर राईले पालेका ५ वटा सुँगुर र १ वटा गोरु बगाएको ईलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here