झापाको गौरादहमा निशुल्क पशुविमा तथा कृतिम गर्भाधान कार्यक्रम सुरु

0
878

असोज १/
झापाको गौरादह नगरपालीका वडा नम्बर १ ले कृषकहरुलाई पशुपालन तर्पm आकर्षण गर्न निशुल्क पशुविमा तथा कृतिम गर्भाधान कार्यक्रमको सुरुवात गरेको छ । पशुपालक कृषकलाई पशुविमामा आकर्षण गर्न र नश्ल सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । आज एक कार्यक्रमका विच सो कार्यक्रमको औपचारीक सुभारम्भ गरिएको छ । यो आर्थिक बर्षमा ३ सय वटा पशुको विमा र १ सय वटाको कृतिम गर्भाधान गराउने योजना रहेको उहाँले बताउनु भयो ।
कार्यक्रम सञ्चालनको लागी चालु आर्थिक बर्षमा वडा कार्यालयले २ लाख ६० हजार रुपैयाँ बिनियोजन गरेको वडा सदस्य कमल ढुंगानाले जानकारी दिनुभयो । पशु विमाको लागी नेपाल सरकारले बिमाको ७५ प्रतिसद व्यहोर्ने र कृषकले २५ प्रतिशत व्यहोर्नु पर्नेमा अब उक्त २५ प्रतिशत रकम पनि वडा कार्यालयले दिने भएको उहाँले बताउनु भयो । कृतिम गर्भाधानमा भने यस अघि करिब ५ सय रुपैयाँ जति कृषकलाई लाग्नेमा अब कृषकले १ सय रुपैयाँ तिरे पुग्ने र बाँकी रकम वडा कार्यालयले उपलब्ध गराउने वडासदस्य ढुंगानाले बताउनु भयो ।
कृषकको घर घरमै पुगेर पशु विमा गरिने बिमा कम्पनी लुम्बिनी जनरल ईन्सुरेन्सका दमक शाखा प्रबन्धक कुमारबाबु गजुरेलले बताउनु भयो । पशुको बिमा गर्दा पशुपालक कृषकको २ लाख रुपैयाँ सम्मको दुर्घटना बिमा पनि स्वत हुने भएकोले यसबाट फाईदा लिन उहाँले कृषकहरुलाई आग्रह समेत गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here