दमक नगरपालीकामा तिन दिवसीय कार्यक्रम सहित संबिधान दिवस भव्य रुपमा मनाईंदै

0
488

भदौ ३१/
दमक नगरपालिकाले नगरबासीहरुको व्यापक सहभागितामा आगामी आसो २, ३ र ४ गते भव्य रुपमा संविधान दिवस मनाउने कार्यक्रम सार्वजनिक गरेको छ ।
आज नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाकी कार्यवाहक प्रमुख तथा प्रवक्ता गीता अधिकारीले असोज २ देखि ४ गते सम्म विविध कार्यक्रमसहित संविधान दिवस मनाउने जानकारी दिनु भयो ।
यस पटकको संविधान दिवसमा सहभागि सबैले हात हातमा राष्ट्रिय झण्डा बोकेर र विभिन्न जातजातीका झाँकी प्रस्तुत गरेर विशेष आकर्षक बनाउने संविधान दिवस मुल समारोह समितिले निर्णय गरेको छ ।
दमकमा ३ दिननै नगरस्थित सबै सरकारी, गैरसरकारी कार्यालय तथा संघ संस्थाहरुले आआफ्नो कार्यालयमा र नगरबासीहरुले घर घरमा दिपावली गर्ने, ३ गते बिहान ७ बजे गणतन्त्र चोकमा संविधान दिवस मुल समारोह समितिको सक्रियतामा सबै राजनीतिक दल, विभिन्न संघ संस्थाहरु, शिक्षक शिक्षिका, विद्यार्थी, कर्मचारी, उद्योगी व्यापारी लगायतको सहभागितामा गणतन्त्र चोकदेखि नगरपालिका सम्म प्रभात फेरी गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here