कन्काई बिकास बैंक मर्ज भएर स्थापना भएको प्राईम कमर्सियल बैंकद्वारा एकिकृति कारोबार सुरु

0
798

भदौ २९/
दमकमा मुख्य कार्यालय रहेको कन्काई बिकास बैंक र प्राईम बिकास बैंक विच मर्ज भएर स्थापना भएको प्राईम कमर्सियल बैंकले एकिकृति कारोबार सुरु गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठले कन्काई बिकास बैंक लिमिटेडलाई प्राप्ति पश्चातको एकीकृत कारोबार शुभारम्भ गर्नु भएको हो । अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर तथा कन्काई बिकास बैंकका अध्यक्ष सेवक दाहाल सहित दुवै बित्तिय संस्थाका सञ्चालकहरु र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
विभिन्न बित्तिय संस्थाहरुलाई मर्जर÷प्राप्तिसमेत गरी आफ्नो पूँजी बढाउने योजना अन्तर्गत कन्काई विकास बैंक लिमिटेड प्राईम बैंकमा मर्ज भएको हो । यी दुई बैंकहरुको प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी ९.६८ अर्ब पुगेको छ । त्यस्तै निक्षेप ८८.०३ अर्ब तथा कर्जा ८०.२८अर्ब पुगेको छ । प्राप्ति पश्चातका बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here