उद्योग वाणिज्य संघ दमकको सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वद्वारा एकताको सन्देश सहित दुवै पक्षको संयुक्त बिजय ¥याली

0
419

भदौ २२/
उद्योग वाणिज्य संघ मकको सम्पन्न निर्वाचनबाट चुनिएको नयाँ नेतृत्वले आज व्यवसायीहरुलाई धन्यबाद सहित ¥याली निकालेको छ । निर्वाचनमा दुई प्यानल बनाएर प्रतिस्पर्धामा गएका लोकतान्त्रीक समुह र प्रगतिशिल समुहका बिजेता उम्मेद्वार हरुले संयुक्त रुपमा ¥याली निकालेर मतदातालाई धन्यबाद दिएका हुन् । हिँजो निर्वाचनका बेला प्यानल बनाएर मत मागिए पनि अब दमकको बिकासको लागी सबै एक हुनुपर्ने सन्देश सहित संयुक्त ¥याली निकालीएको कांग्रेस नगर सभापती रोशन विष्टले जानकारी दिनुभयो ।
संघको नयाँ नेतृत्वमा अध्यक्ष, प्रथम, द्वितिय र त्रितिय उपाध्यक्ष सहित ११ पदमा लोकतान्त्रीक समुह बिजयी भएको छ भने बरिष्ठ उपाध्यक्ष र लेखा सदस्य सहित १० पदमा प्रगतिशिल समुह बिजयी भएको छ । संयुक्त लोकतान्त्रीक समुहको प्रचार कार्यालय सिद्धि मार्केट दमक बाट सुरु भएको ¥यालीले दमकका बिभिन्न ठाउँमा पुगेर मतदातालाई धन्यबाद दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here