उद्योग बाणीज्य संघ दमकको भोली हुने मतदानको अन्तिम तयारी पुरा

0
658

भदौ १९/
उद्योग बाणीज्य संघ दमकको भोली हुने मतदानको अन्तिम तयारी पुरा भएको निर्वाचन समतिले जनाएको छ । सम्पुर्ण राजनैतिक दल र उम्मेद्वारका प्रतिनिधिहरु संग छलफल गरी मतदानका लागी आचार संहिता बनाई सकिएको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जानकारी दिनुभयो । भोली बिहान ८ बजे देखी मतदानको कार्यक्रम सुरु हुने जनाईएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकमा मतदानको लागी व्यवस्था मिलाईएको उहाँले बताउनु भयो । मतदानको समय अपरान्ह ३ बजे सम्म तोकिएको छ । उद्योग बाणीज्य संघ दमकका २ हजार ६ सय ८० मतदाताले भोली मतदान गर्ने छन् । मतगणना भने पर्सि मात्रै हुने छ । पर्सि बिहान ८ बजे देखी उद्योग बाणीज्य संघ दमकको कार्यालयमा मतगणना सुरु गर्ने तय गरिएको निर्वाचन समिति सदस्य कार्कीले बताउनु भयो ।
बाणीज्य संघका २१ पदको निर्वाचनको लागी ४४ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका छन् । यसै विच निर्वाचनमा आप्mनो पक्षको जित सुनिश्चित गर्न दुई वटा समुहले आज शक्ति प्रदर्शन गरेका छन् । कांग्रेस नेतृत्वको लोकतान्त्रीक गठबन्धन र नेकपाको प्रगतिशिल समुहले दमक चौक देखी बजारको परिक्रमा गर्दै ¥याली निकालेका हुन् । बाणीज्य संघको नेतृत्वको लागी गोकुल श्रेष्ठको नेतृत्वमा लोकतान्त्रीक गठबन्धन र बिमल खतिवडाको नेतृत्वमा प्रगतिशिल समुह चुनावी मैदानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here