उद्योग बणिज्य संघ दमकको आसन्न निर्वाचनका लागी २१ पदमा ४४ जनाको उम्मेद्वारी , दुई प्यानलबाट ४२ जना र दुईजनाको स्वतन्त्र उम्मेद्वारी दर्ता

0
482

भदौ १२/
उद्योग बाणिज्य संघको नयाँ नेतृत्व वचयनको लागी आजबाट निर्वाचन कार्यक्रम सुरु भएको छ । आसन्न भदौ २० गते हुने मतदानको लागी आज उम्मेद्वारहरुले मनोनयन गरेका छन् । २१ वटा पदको लागी हुने निर्वाचनमा ४४ जनाले मनोनयन गरेका छन् । सत्तारुढ नेकपाको प्रगतिशिल समुह र कांग्रेस नेतृत्वको लोकतान्त्रीक गठबन्धनबाट प्यानलै सहित उम्मेद्वारी मनोनयन भएको हो भने दुईजनाले स्वतन्त्र रुपमा मनोनयन गरेको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जानकारी दिनुभयो ।
प्रगतिशिल समुहबाट अध्यक्षमा बिमल खतिवडा, वरिष्ठ उपाध्यक्षमा गोपाल गुरागाई, प्रथम उपाध्यक्षमा युवराज घिमीरे, द्धितीय उपाध्यक्षमा घनश्याम खनाल र तुतीय उपाध्यक्षमा ज्ञाननाथ पौडेल (ज्ञानु) ले मनोनयन गर्नु भएको हो । उता कांग्रेस नेतृत्वको आठ दलको गठबन्धन बाट अध्यक्षमा गोकुल श्रेष्ठ सहित बरिष्ठ उपाध्यक्षमा सहदेब आचार्य (सुरज), प्रथम उपाध्यक्षमा राजु खड्का, द्धितीय उपाध्यक्षमा राजकुमार योङ्गया र तृतीय उपाध्यक्षमा रमा लिम्बुको उम्मेद्वारी परेको निर्वाचन समिति सदस्य कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी दुई महिला सदस्यमा प्रगतिशिलको तर्पmबाट चन्द्रमाया अधिकारी (जमुना ) र विन्दु सिटौला(लक्कि) को उम्मेद्वारी परेको छ भने लोकतान्त्रीक गठबन्धनको तर्पmबाट दिलु सुब्बा र सुष्मा निरौलाले उम्मेद्वारी दिनुभएको छ ।
खुल्लातर्फ छ सदस्यमा प्रगतिशिलबाट भरत चम्लागाई, असिम राई, पदम न्यौपाने, सुवास गड्तौला, राजकुमार थापा र सुमन काफ्लेको उम्मेद्वारी परेको छ भने लोकतान्त्रीक प्यानलबाट नविन अग्रवाल, चन्द्र खत्री(दाहाल), तुलसीराम तिम्सिना, रुपक दाहाल, सुरज लिम्बु र संजिव रौनियारको उम्मेद्वारी परेको छ ।
पाँच बस्तुगत तर्फ सदस्यहरुमा प्रगतिशिलको तर्पmबाट रेडिमेड कपडाबाट सन्तोष पौडेल, फर्चिनरवाट दिनेस सुवेदी, जुत्ताचप्पलबाट रिंगकुमार आचार्य र भाडावर्तनबाट तोयानाथ अधिकारी (राजेश) को उम्मेद्वारी परेको छ । उता लोकतान्त्रीक प्यानलबाट बस्तुगतमा मोवाईल व्यवसायीबाट भेनस श्रेष्ठ, होटलबाट मोहन ढकाल, अटो मोवाइल्सबाट प्रकाश नेपाल, सुनचाँदीबाट रुवल अधिकारी र ग्याँसबाट तिलक डाँगीको उम्मेद्वारी परेको छ ।
यसैगरि लेखा संयोजकमा प्रगतिशिलबाट खोमबहादुर बगाले थापा र लोकतान्त्रीक बाट पारशमणी आचार्यले उम्मेद्वारी दर्ता गराउनु भएको छ । दुईजना लेखा सदस्यमा प्रगतिशिलबाट मिन मगर र लालबहादुर श्रेष्ठको उम्मेद्वारी परेको छ भने लोकतान्त्रीक तर्पmबाट दिपेन्द्र तिवारी र कृष्णराज दाहालको उम्मेद्वारी परेको छ ।
त्यसैगरी स्वतन्त्रबाट द्वितिय उपाध्यक्षमा टिका प्रसाई र महिला सदस्यमा कविता पौडेल अधिकारीको उम्मेद्वारी परेको निर्वाचन समिति सदस्य कार्कीले जानकारी दिनुभयो ।
निर्वाचन कार्यक्रम अन्तर्गत आज मनोनयन गरेका उम्मेद्वार बिरुद्ध भोली दावी बिरोधको समय तोकिएको छ । त्यसैगरी आगामी १५ गते बिहान १० बजे देखी साढे २ बजे सम्म मनोनयन फिर्ता साँझ अन्तिम नामावली प्रकाशन गरिने छ ।
भदौ २० गते मतदान र २१ गते मत गणनाको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here