प्रदेश १ का मन्त्रालयहरुरमा भ्रष्टाचारको आशंका , हिसाव सदनलाई जानकारी गराउन माग

0
406

भदौ १२/
१ नम्बर प्रदेशसभाका सांसदहरुले प्रदेशका मन्त्रालयहरुमो भ्रष्टाचार बढेको आसंका गरेका छन् । सांसदहरुले समाजिक विकास मन्त्रालय, भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा अनियमितताको आशंंका गरेका हुन् ।
प्रदेशसभाको बैठकमा शून्य समय लिएर बोल्दै सांसदहरुले सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन तथा वन मन्त्रालयले असार अन्तिम समयमा बजेट रकमान्तर गरेर बजेटको दुरुपयोग गरेको दाबी गरे ।
यस्तै कतिपय सांसदहरुले कृषि मन्त्रालय र सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमको सूचीमा विचौलियालाई अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका सांसद हिमाल कार्कीले सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन तथा वन मन्त्रालयले असार अन्तिम समयमा बजेट रकमान्तर गरेर बजेटको दुरुपयोग गरेको आरोप लगाउनु भयो । उहाँले पार्टी भित्रका पनि आफ्ना गुटका कार्यकर्तालाई बजेट दिइएको भन्दै रकमान्तर गरेको बजेटको फेहरिस्तबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
यस्तै सत्तारुढ नेकपाका सांसद हिराकुमार थापाले कृषि र सामाजिक विकास मन्त्रालयले एउटै डालोमा बजेट राखेर कार्यक्रमको सूची सार्वजनिक गरेका कारण विचौलियाले चलखेल सुरु गरेको दाबी गर्नुभयो । सार्वजनिक गरिएका कार्यक्रममा विचौलियाले चलखेल गर्ने प्रशस्त अवसर दिएको भन्दै सांसद थापाले सम्बन्धीत क्षेत्रका प्रदेश सांसदहरुलाई बेखबर राखेर योजनाहरु विचौलियामार्फत आउनु दुर्भाग्यपूर्ण रहेको दाबी पनि गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here