भुटानी शरणार्थिको रेखदेखको लागी दमकमा रहेको राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगको कार्यालय वन्द हुँदै , कार्यालय हटे संगै भुटानी शरणार्थीको विषयमा नेपाल सरकारमात्र उत्तरदायी हुने ।

0
580

भदौ १
राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगको कार्यालय (यूएनएचसीआर) को दमकस्थित उपशाखा कार्यालय वन्द हुनेभएको छ । सो कार्यालय भुटानी शरणार्थीको रेखदेखमा संलग्न निकायको रुपमा दमकमा २७ वर्षअघि स्थापना भएको थियो ।
यूएनएचसीआरले सन् २०२० को अन्त्यसँगै बन्द गर्ने जानकारी नेपाल सरकारलाई गत जेठमा दिइसकेको शरणार्थी मामिला हेर्ने गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइका एक अधिकारीले जानकारी दिएका छन् । त्यसपछि भुटानी शरणार्थीको विषयमा नेपाल सरकारमात्र उत्तरदायी हुनेछ । तथापि त्यस सम्बन्धी सरकारको आधिकारिक धारणा आईसकेको छैन ।
झापाको पूर्वी नाका काकड्भिटाबाटो हुदै नेपाली मूलका भुटानीहरु भुटानबाट नेपालमा खेदिएपछि तत्कालीन सरकारले सन् १९९२ मा राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगलाई पत्र लेखेपछि उक्त निकायले भूटानी शरणार्थी सहायताको काम थालेको थियो ।
आयोगको उपशाखा उठ्ने क्रममा भूटानी शरणार्थीका लागि सिमेन्ट र जस्ताका छाप्रा अर्धस्थायी घर बनाउने क्रम तीव्र पारिएको दमकस्थित यूएनएचसीआरको उपशाखाले जनाएको छ ।
यूएनएचसीआरले दमकमा उपशाखा कार्यालय छोड्ने तयारी स्वरूप शरणार्थीलाई शिविरमा प्रदान गरिएका कतिपय आधारभूत सेवा शिविर बाहिरका सरकारी सेवाप्रदायकबाट लिने वातावरण पनि धमाधम बनाउदै गएको छ ।
यूएनएचसीआरले मोरङको शनिश्चरे शिविरमा सन् २०१८ मा त्यस्ता ५६५ वटा र दमकको वेलडाँगी शिविरमा सन् २०१९ भरिमा ६७५ वटा त्यस्ता छाप्रा बनाइने गरि काम थालिएको यूएनएचसीआर स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here