दैनिक मुल्य बृद्धि हुँदा दमक बजारमा सुन कारोबारमा पचास प्रतिसत गिरावट

0
636

साउन २८/
पछिल्लो समय दैनिक रुपमा सुनको मुल्य बृद्धि हुँदा दमकको बजारमा पनि यसको असर परेको छ । दैनिक सुनको मुल्यमा बृद्धि हुँदा कारोबारमा ५० प्रतिसत गिरावट आएको व्यवसायीले बताएका छन् । दमक बजारमा मात्रै यस अघि दैनिक ६० देखी ६५ तोला सम्म सुनको कारोबार हुँदै आएकोमा अहिले दैनिक २५ देखी ३० तोला सम्म मात्रै बिक्रि हुन थालेको सुनचाँदी व्यवसायी संघ दमकका अध्यक्ष शेरबहादुर गजमेरले जानकारी दिनुभयो ।
बजारमा सुनको माग बढ्ने बेलामा दैनिक मुल्य बृद्धि हुँदा व्यवसायीहरु भने निराश भएको उहाँले बताउनु भयो । चार्डबाड सुरु भएकोबेला अलिक व्यापार बढ्ने आशामा बसेका व्यवसायीहरु सुनको मुल्यमा भएको बृद्धिले निराश बनेका छन् । बजारमा अहिले सुन खरिद गर्ने भन्दा बिक्रि गर्ने धेरै आउने गरेको अध्यक्ष जगमेरले जानकारी दिनु भयो । मुल्य घटबढ भैरहेकोले ढुक्क संग सुन खरिद गर्न सक्ने अवस्था समेत नरहेको उहाँले बताउनु भयो । आए जति सुन खरिद गर्दा पनि भोली मुल्य घट्ने हो की भन्ने डरले खरिद गर्न पनि समस्या भएको उहाँको भनाई छ ।
सुनको बिक्रि अहिले ठप्प जस्तै रहेको सुनचाँदी व्यवसायी उमेश लोहारले बताउनु भयो । बिक्रि घटेकाले व्यवसायीलाई समस्या भएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here