प्रतिबन्ध पछि झापाबाट विप्लवका १७ कार्यकर्ता पक्राउ

0
483

साउन २७/
नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले हालसम्म १७ जना उसका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । विप्लव समूहले भद्रपुर, विर्तामोड, अर्जुनधारा, दमकलगायतका विभिन्न स्थानमा एनसेलका टावरमा आगजानी तथा विष्फोट गराएको भन्दै विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
आज बिहान मात्र विर्तामोड नगरपालिकाको सयुंक्त वडा कार्यालय ७, ८ र ९ मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि विप्लव समूहले नै विष्फोट गराएको हुनसक्ने झापाका प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । वडा कार्यालयमा प्रेसरकुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here