राधा गोविन्द साधाना केन्द्र दमकमा आध्यात्मिक प्रवचन सुरु , साधना केन्द्रमा दिव्यधाम बनाईने

0
978

साउन २५/
राधा गोविन्द साधना केन्द्र दमकमा आज देखि दश दिवसीय दार्शनिक प्रवचन सुरु भएको छ । दमक ८ स्थित राधा गोविन्द साधना केन्द्रको राधे राधे सभाहलमा आज बाट सुरु वृहत प्रवचनमा सनातन बैद्धिक धर्म भक्ति मार्गका प्रचारक रामदासजीले प्रवचन दिईरहनु भएको छ ।
यस अघि कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि रोमनाथ ओलीले पुर्विय दर्शनमा कतै पनि जातपात, छुवाछुत जस्ता कुरा नभए पनि त्यसको गलत व्याख्या गर्दै समाजमा बिभेद जन्मिएकोले त्यसलाई अन्त्य गर्नु पर्ने बताउनु भयो । यस्ता धार्मिक कार्यक्रमहरुले समाजमा भएका कुसंस्कार र कुरितिहरु अन्त्य गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै साधना केन्द्रका अध्यक्ष मानबहादुर बुढाथोकीले साधनाक केन्द्र बाट दिव्यधाम निर्माणका लागी बिभिन्न योजनाहरु अघि सार्नु भयो । कार्यक्रममा बुढाथोकीले राधा गोविन्द दिव्य धाम वृहत योजना अन्तर्गत बैदिक सनातन धर्मलाई संरक्षण र संबर्धन गर्न वैदिक विद्यालय सञ्चालन गर्ने देखी बहुआयामिक चिकित्सालय सञ्चालन गर्ने सम्मका योजना अघि सार्नु भएको हो ।
कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै अध्यक्ष बुढाथोकीले एक हजार विद्यार्थिको क्षमता सहित गुणस्तरिय शिक्षा उपलब्ध गराउनको लागी बैदिक बिद्यालय स्थापना गरिने बताउनु भएको हो । त्यसका साथै साधना केन्द्रबाटनै १ हजार व्यक्ति अटाउने क्षमता सहितको सामुदायीक भवनको निर्माण गर्ने, हिन्दु परम्परा अन्तर्गत मृत्यु संस्कार सम्पन्न गर्नलाई किरियापुत्री भवन बनाउने, २ सय जना अटाउने क्षमताको अनाथालय स्थापना गर्ने, १ हजार क्षमताको सत्संग भवन निर्माण गर्ने योजना रहेको बताउनु भयो । यी सबै काम सम्पन्न गर्नको लागी सरकार संग समन्वय गरी १० बिगाहा जग्गा उपलब्ध गराउन आग्रह गर्ने र राधा गोविन्द समितिले दिव्य धामको निर्माण सुरु गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here