झापाको गौरीगंजमा कृषकको किर्ते कागज बनाई अनुदानको रकम निकासा गर्ने घटनामा जनप्रतिनिधिनै संलग्न

0
515

साउन २६/
झापाको गौरीगंज गाउँपालिका वार्ड नं २ कोरोवारीका कृषि समुहका अगुवाले कृ्षकको किर्ते कागज बनाई अनुदानको रकम निकासा गरेको भन्दै स्थानियले आज वडा कार्यालय घेराउ गरेका छन् । वडा भित्र रहेका तिनवटा कृषि समुहका अगुवाले कृषि ज्ञान केन्द्र भद्रपुर मार्पmत सरकारले चैते धानमा कृषकलाई उपलब्ध गराएको १८ लाख ४५ हजार रुपैयाँ कृषकको किर्ते कागजात बनाई अपचलन गरेपछि कृषकहरुले आज वडा कार्यालय घेराउ गरेका छन् ।
स्थानिय तुलाचन कृषि समुह मार्पmत ८ लाख ११ हजार रुपैयाँ, माङसावा कृषि समुह मार्पmत ६ लाख ७३ हजार रुपैयाँ र कन्काई विपद कृषि समुह मार्पmत ३ लाख ६१ हजार रुपैयाँ गरी १८ लाख ४५ हजार रुपैयाँ अनुदान अपचलन गरेको आरोप लागेको छ । पदाधिकारीले समुहमा आबद्ध कृषकहरुलाई थाहै नदिई किर्ते कागज बनाई कृषि ज्ञान केन्द्र बाट रकम निकाशा गरेका हुन ।
कृषकको अनुदान रकम अपचलन गर्नेमा एक जना जनप्रतिनिधि समेत रहेका छन् । वडा नम्बर २ का वडासदस्य तथा कन्काई विपद कृषि समुहका सचिव अरुण राजबंशी समेत रकम अपचलनमा मुछिएका छन् ।
तुलाचन कृषि समुहका अध्यक्ष सुजन श्रेष्ठ, माङसावा कृषि समुहका अध्यक्ष किरण लिम्बु र कन्काई विपद कृषि समुहका अध्यक्ष नवलकिशोर ताजपुरीया सहित पदाधिकारीहरुको मिलेमतोमा रकम अपचलन भएको कृषकहरुले आरोप लगाएका छन् । आफुहरुको किर्ते कागजात बनाई रकम हिनामिना गर्नेलाई कारबाहि हुनु पर्ने कृषकहरुले माग गरेका छन् । वडाध्यक्ष अगनु राजबंशीले बदमासी गरेको पाईए कारबाहि गर्ने बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here