दमकमा पनि खुल्यो कपडा बैंक

0
1602

साउन २२/
देशका बिभिन्न स्थानमा विपन्न समुदायका लागि लक्षित गरि कपडा बैंक स्थापना हुने क्रम चलिरहेको वेला दमकमा पनि यस्तो वैंकको शुरुवात गरिएको छ ।
यसैक्रममा लायन्स क्लब अफ दमक युनिकले जिल्लामा नै पहिलो पटक दमकमा कपडा बैंक आज देखि सञ्चालनमा ल्याएको हो ।
क्लबले दमकस्थित पूर्व बसपार्कमा कपडा बैंक स्थापना गरेको छ । आफुसँग प्रयोगबिहिन कपडा त्यहाँ लगेर राख्न पाईने र कपडा नहुनेले बैंकबाट लगेर निशुल्क प्रयोग गर्न सकिने क्लबका अध्यक्ष संन्दिप बस्नेतले जानकारी दिनुभयो ।
कपडा बैक उद्घाटन कार्यक्रममा दमक बडा न ६ का वडा अध्यक्ष टेकबहादुर थापा र ७ का वडा अध्यक्ष भिम पौडेलको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्षद्वयले यो कार्य सकारात्मक भएको भन्दै आफुहरुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा लायन्स क्लब सदस्य, स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो । आज बाट सुरुभएको बैक निरन्तर सञ्चालनमा ल्याउने क्लबले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here