लोकतान्त्रिक व्यवसायी संघ दमकले मृत्यु पछि समवेदनामा पत्रको सट्टा बिरुवा दिन सुरु

0
954

साउन २१
मृत्यु पछि शोक परिवार कहाँ समवेदना पत्र दिने चलन ह्वातै बढिरहेको वेला दमकका लोकतान्त्रिक व्यवसायीहरुले भने त्यसको सट्टा विरुवा दिन शुरुवात गरेका छन् ।
मृत्युपछि शोकमा परेका परिवारलाई समवेदना पत्र दिदाँ त्यसको व्यवस्थापन गर्न चुनौती भएको भन्दै लोकतान्त्रिक उद्योग वाणिज्य संघले मृतकको सम्झनामा विरुवा दिन थालेको हो । वातावरण संरक्षणमा समेत विरुवाले टेवा पुग्ने भन्दै अव हरेक ठाउँमा समवेदना पत्रको सट्टा स्वामीको विरुवा दिने अभियान शुरु गरिएको संघका अध्यक्ष बबरजंग थापाले वताउनु भयो । समवेदना पत्र केहिबर्षमै नष्ट हुने भएकोले पितृलाई सधैं सम्झनाको लागी विरुवा वितरण गरिएको बताउनु भयो ।
संघले गत शनिबार कमल गाँउपालिका ५ स्थित पाडाजुंगीका आप्mना सदस्य शेरवहादुर श्रेष्ठका माता पवित्रादेवी श्रेष्ठको समवेदना दिने क्रममा पत्रको सट्टा स्वामीको एउटा विरुवा दिएको थियो ।
समवेदनाका पत्रले घर भरिने भएकाले समवेदनामा विरुवा दिने तथा रोपेर नै त्यसलाई संरक्षण गर्न प्रोत्साहन दिने कार्य नौलो र उदाहरणीय भएको दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवी प्रसाद दाहालले वताउनु भयो । समवेदनाका पत्र थमाउनु भन्दा दुखमा सहानूभूतिमा रुद्राक्ष, स्वामी लगायतका जडीवुटीजन्य विरुवा पितृको स्मृतिमा रोप्नु राम्रो कार्य भएको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here