युथ नेटवर्कको कार्यक्रम बैसि दुडुबको आठौं श्रृंखलामा आज लोकतन्त्रमा आलोचनात्मक चेत शिर्षकमा बहस कार्यक्रम सम्पन्न

0
617

साउन २०/
युथ नेटवर्कले आयोजना गर्दै अएको बिचार बहसको कार्यक्रम बैसि दुडुबको आठौं श्रृंखलामा आज राजनैतिक चिन्तक हरि शर्मा संग लोकतन्त्रमा आलोचनात्मक चेत शिर्षकमा बहस कार्यक्रम सम्पन्न गरेको छ । आजको कार्यक्रमका वक्ता शर्माले आलोचनानै लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउनु भयो । आलोचना बाट सुध्रिने मौका हुने भएकोले बहस र आलोचना भए मात्रै लोकतन्त्र मजबुत हुने धारणा राख्नु भयो । लोकतन्त्रमा आवधिक निर्वाचनका साथै नागरिकहरुमा आलोचनात्म चेतना पनि हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा हिमालय माध्यमिक बिद्याल दमकका पुर्व प्रधान अध्यापक बिदुर खतिवडा, सामाजिक व्यक्तित्व वालचन्द्र सुब्बा लगायतले युथ नेटवर्कको कार्यक्रमले समाजमा बिचारहरुको मन्थन हुने बताउनु भयो । बिचारहरुको बहस बाट मात्रै समाज मृद्ध हुने हुँदा यस्ता कार्यक्रमले नागरिकको चेतना स्तर बृद्धि गर्नुका साथै राजनैतिक व्यक्तित्वहरुलाई आदर्शको राजनिति गर्न प्रेरीत गर्ने बताउनु भयो ।
नेटवर्कले समृद्ध समाज निर्माण का साथै बिचारको मन्थन गराउन कार्यक्रम गराउँदै आएको नेटवर्कका अध्यक्ष सन्तोष दुलालले बताउनु भयो । समाजमा उच्च मुल्यांकन गरिएका व्यक्तित्वलाई ल्याएर समाजको नेतृत्व गर्न सक्ने बिचारमा बहस गराउनु कार्यक्रमको उद्देस्य रहेको नेटवर्कका सल्लाहकार मोहन ढुंगाना(मेची पुत्र)ले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here