दमक पब्लिक लाईब्रेरीको युथ टिमले बिभिन्न कर्याक्रम गरि बार्षिक उत्सव मनाउँदै

0
555

साउन २१/
बिगतका बर्षहरु देखी बिभिन्न सामाजिक र शैक्षिक क्षेत्रमा क्रियासिल दमक पब्लिक लाइब्रेरी युथ टिमले आप्mनो छैठौं स्थापना दिवस अन्तर्रास्ट्रिय युबा दिवसको अवसर पारेर आगामी साउन २५ गते देखी तिन दिन सम्म बिभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । अध्यक्ष दधिराम ढकालले जानकारी दिनु भएको छ ।
प्रत्येक बर्ष अन्तरास्ट्रिय युवा दिवसकै दिन स्थापना दिवस मनाउँदै आएको लाइब्रेरीको युथ टिमले यस बर्ष पनि बिभिन्न कार्यक्रमहरु गरि ३ दिन सम्म मनाउन लागीएको टिमका अध्यक्ष दधिराम ढकालले जानकारी दिनुभयो ।
स्थपना दिवसको सन्दर्भ पारे उत्प्रेरणा मुलक कार्यक्रम तथा बार्सिक उत्सब कार्यक्रम अन्तरगत २५ गते ब्लाइन्ड रक्स संस्थाकी सस्थापक तथा प्रखर वक्ता सृष्टि केसि को प्रमुख आथिथ्यतामा युवा अभियान्ता तथा युवा मोटिभेटर रोहित मल्लको उत्प्रेरणामुलक कार्यक्रम रहनेछ । यसैगरी २६ गते शिक्षामा रुपान्तरण भन्ने शिर्षकमा रहेर शैक्षिक बहस कार्यक्रम सञ्चालन गरिने अध्यक्ष ढकालले बताउनु भयो । बिज्ञान लिम्बूले सहजीकरण गर्ने उक्त कार्यक्रममा शैक्षिक आन्दोलनका उदाहरणीय ब्यक्तित्व सङ सम्बाद शृङ्खला चल्ने छ र अन्तिम दिन २७ गते ५ किलोमीटर को खुल्ला दौड आयोजना गरि तीन दिवसिय कार्यक्रम लाई समापन गर्ने अध्यक्ष ढकालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here