भिसिटिएस प्रणालिमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुको भनाई , सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई दुःख दिन खोजेको आरोप

0
485

साउन ५/
सरकारले ल्याएको नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम (भिसिटिएस) प्रणालिमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनिहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई दुःख दिन खोजेको आरोप लगाएका छन् ।
उद्योग बाणिज्य संघ दमक अन्तर्गतको राजस्व परामर्श उप समितिले आज भिसिटिएस प्रणालिका बिषयमा आयोजना गरेको अन्तर्कि्रया कार्यक्रमका सहभागी व्यवसायीले सरकारको नितिको बिरोध गरेका हुन । कार्यक्रममा बोल्दै व्यवसायीहरु मुकुन्द उप्रेती, गणेशबहादुर बस्नेत, माधव पराजुली, गोविन्दराज कट्टेल लगायतले सकारले ल्याएको निति तत्काल कार्यान्वयन गर्न असहज हुने बताउनु भयो ।
व्यवसायीले राखेको जिज्ञासाको जवाफ दिंदै राजस्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख बेदराज फुयाँलले व्यवसायीलाईनै सजिलोका लागी यो नियम आएकोले यसमा सहभागी हुन व्यवसायीलाई आग्रह गर्नु भयो । यो प्रणालिले वेवमा आधारित प्रणालीमा रहेर मालवस्तु र ढुवानीको विवरण दिने भएकोले राजस्व चुहावट नियन्त्रण हुनुका साथै सामान ढुवानीमा कम समय लाग्ने पनि उहाँले बताउनु भयो । सो अवसरमा उद्योग बाणिज्य संघ दमकले राजस्व अनुसन्धान कार्यालय प्रमुख फुयाँललाई ज्ञापनपत्र समेत बुझाएको बाणिज्य संघ दमकका लेखा समिति सदस्य पारस आचार्यले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here