दमक बहुमुखी क्याम्पसको प्रमुखमा डाक्टर नेत्रबहादुर बुढाथोकी नियुक्त , आफुलाई दिएको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्ने बुढाथोकीको प्रतिबद्धता

0
938

साउन ५/
दमक बहुमुखी क्याम्पसको प्रमुखमा डाक्टर नेत्रबहादुर बुढाथोकी नियुक्त हुनु भएको छ । क्याम्पस सञ्चालक समितिको आज बिहान बसेको बैठकले डाक्टर बुढाथोकीलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको क्याम्पस सञ्चालक समिति सदस्य रेगिना भट्टराई प्रसाईंले जानकारी दिनुभयो । यस अघि तत्कालीन क्याम्पस प्रमुख उत्तम भट्टराईले गत जेठ ५ गते राजिनामा दिएपछि पुर्वकै प्रतिष्ठित मानिएको दमक बहुमुखी क्याम्पस प्रमुख बिहिन रहेको थियो । भट्टराईले राजिनामा दिएको दुई महिना पछि बुढाथोकीलाई क्यम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय भएको हो ।
मुलुककै अब्बल शैक्षिक संस्थाको नेतृत्व चयनमा सक्षम व्यक्ति ल्याउन भनेर छलफल र बहस हुँदा केहि समय लागेको क्याम्पस सञ्चालक समिति अध्यक्ष देवी दाहालले बताउनु भयो । सबै पक्ष संगको सल्लाह र सुझाव पछि क्याम्पसमा नयाँ उचाईमा पु¥याउन योग्य व्यक्ति चयन गरिएको उहाँले बताउनु भयो ।
बिक्रम सम्वत २०५५ साल कात्तिक ११ गते दमक क्याम्पसको प्राध्यापकमा नियुक्त हुनु भएका डाक्टर बुढाथोकीले यस अघि दमक क्याम्पसको बिभागिय प्रमुख, अनुसन्धान बिभागको सम्योजक, डिग्रि कार्यक्रमको सम्योजक हुँदै सहायक क्याम्पस प्रमुख सम्मको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरिसक्नु भएको छ । प्रजातन्त्रबादी प्राध्यापक संघ, दमक बहुमुखी क्याम्पस का सभापति समेत रहनु भएका बुढाथोकीले सञ्चालक समितिले विश्वास गरेर आफुलाई दिएको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्ने बताउनु भयो । बिद्यार्थिहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न र क्याम्पसमा सञ्चालीत बिभिन्न शैक्षिक कर्याक्रमहरुलाई सफल बनाउन आफुले मेहनत गर्ने उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here