झापाको बिर्तामोडस्थित कृषि थोक बजारमा रहेको विषादी प्रयोगशाला नाम मात्रैको , दिनमा १० देखि १५ वटा संकलन गरिएको नमूनाको मात्रै परीक्षण हुँदै

0
592

साउन ३/
झापाको बिर्तामोडस्थित कृषि थोक बजारमा रहेको विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशाला नाम मात्रैको रहेको पाइएको छ । कृषि थोक बजार परिसरभित्रै प्रयोगशाला भएपनि बजारमा विक्री हुने तरकारी तथा फलफूल विना परीक्षण नै खुलम–खुल्ला बिक्री हुने गरेको छ । तरकारी तथा फलफूल जाँच गरेर मात्रै बिक्री गर्नु पर्ने भएपनि बिक्रीका लागि राखिएका तरकारी तथा फलफूल सबैको परीक्षण नहुने विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताउनु भयो । दिनमा १० देखि १५ वटा संकलन गरिएको नमूनाको मात्रै परीक्षण हुने गरेको उहाँले बताउनु भयो ।
१ नम्वर प्रदेशमा बिक्री हुने तरकारी तथा फलफूलको जीवनाशक विषादीको मात्रा जाँच गर्ने भन्दै कृषि बजार व्यवस्थापन समितिको कार्यालयमा प्रयोगशाला राखिएपनि बिर्तामोड मै बिक्री हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच हुन सकेको छैन । कृषि थोक बजारभित्र ३ सय २८ वटा स्थायी रुपमा रहने पसल छन् । त्यत्ति नै संख्यामा खुद्रा पसल पनि छन् । तर, ती पसलबाट विक्री हुने कुनै तरकारी तथा फलफूलमा विषादीको अवस्था जाँच गरिँदैन ।
व्यापारी आफैंले विषादी जाँचका लागि फलफूल तथा तरकारी ल्याउन नमिल्ने र आफूहरुले नै शंका लागेको खण्डमा मात्रै फलफूल तथा तरकारीको नमूना संकलन गर्ने गरेको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here