दमक नगरपालीकाको नेतृत्वको कार्यशैलिलाई लिएर जनप्रतिनिधिहरुनै असन्तुष्ट , नगरपालीकाका बिषय पार्टि कार्यालयमा छलफल गरी निर्णय गर्ने गरेको आरोप

0
447

साउन १/
दमक नगरपालीका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि विचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ । ५ बर्षका लागी निर्वाचित भएको स्थानिय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि विचनै असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् । पछिल्लो समय नगरपालीकाले कर्मचारी नियुक्ति गर्दा पार्टिको स्थानिय नेतृत्व र जनप्रतिनिधिकै आफन्तलाई नियुक्त गरेको भन्दै नेकपा कार्यकर्ताबाटै सामाजिक सञ्जालमा असन्तुष्टि सार्वजनिक भएको थियो ।
दुई तिहाई भन्दा धेरै प्रतितिधित्व भएको नेकपाकै प्रतिनिधि विच नेतृत्वको कार्यशैलीलाई लिएर चरम असन्तुष्टि भए पनि पछिल्लो समय त्यसलाई मत्थर पारिएको छ । तर दमकका १० वटा वडाध्यक्ष मध्ये राप्रपा बाट निर्वाचित दुई जना वडाध्यक्षले नगरपालीकाले असार ३१ गते आयोजना गरेको बजेट सार्वजनिक कार्यक्रममा उपस्थतित नभएर आप्mनो असन्तुष्टि जनाएका छन् ।
सुध्रिएलान कि भनेर अपेक्षा गरे पनि नगरको नेतृत्वको कार्यशैली सुधारोन्मुख नभएको दमक वडा नम्बर ७ का वडाध्यक्ष भिम पौडेलले बताउनु भयो । कर्मचारी नियुक्ति गर्दा आफुहरुले पारदर्शि र योग्य व्यक्तिहरुलाई नियुक्त गरौं न भन्दा पनि नसुनि आफन्तलाई भर्ति गर्ने, आप्mना कार्यकर्ता भएकै आधारमा नगरपालीका बिरुद्ध मुद्धा हाल्ने व्यक्तिलाई पनि सम्मानित गर्ने, बजेट निर्माणमा पनि एकलौटी गर्ने जस्ता कुरा नगरपालीकामा बढ्दै गएको उहाँले बताउनु भयो । आफुहरु पनि समान हैसियतको जनप्रतिनिधि भए पनि सिमित व्यक्ति कोठा भित्र पसेर छलफल गर्ने र त्यहाँबाट आएको निर्णय अनुसार काम गर्ने गर्दा आफुहरु थपडि बजाउने जस्तो मात्रै भएको उहाँले बताउनु भयो ।
आफुहरुले जति सुझाव दिए पनि नेतृत्वको कार्यशैली परिवर्तन नभएको वडा नम्बर १ का वडाध्यक्ष ताराप्रसाद अधिकारीले बताउनु भयो । नगरको बिकाशको लागी जनप्रतिनिधि र नागरिक विच छलफल गर्नु भन्दा पनि एकलौटि ढंगले नेतृत्व अघि बढेको उहाँले आरोप लगाउनु भयो । नगरसभामा आर्थिक प्रतिवेदन पेश गरेर नेकपाको पार्टि कार्यालयमा त्यसमाथि छलफल भएको उहाँले बताउनु भयो ।
नेकपाकै कार्यकर्ताहरु बाट सामाजिक सञ्जालमा नगरको नेतृत्व प्रति असन्तुष्टिका स्वरहरु सुनिन थाल्दा पनि नेतृत्व नसच्चिनु गम्भिर बिषय भएको नेकपाकै स्थानिय नेताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here