धरौटी रकम जफत गर्ने दमक नगरपालीकाको निर्णय बिरुद्धको रिट अदातलद्वारा खारेज , रतुवा र मावा खोला उत्खनन् गर्ने निर्माण कम्पनीको बैंक ग्यारेन्टि जफत हुने

0
657

असार २९/
रतुवा तथा मावा उत्खननमा लगाएको ठेक्का रकम नतिर्ने ठेकेदार कम्पनीबाट बाँकी रकम असुल गर्न दमक नगरपालिकालाई बाटो खुलेको छ । शिवालिक निर्माण सेवाको तर्फबाट केन्द्र प्रशाइले धरौटी रकम झिक्न नदिनका लागि पुनारावेदन अदालतमा रिट निवेदन दिनु भएको थियो । तर उक्त रिटलाई आज अदालतले खारेज गरिदिएको हो ।
अदालतले रिट खारेज गरेसंगै धरौटि रकम असुल गर्न नगरपालीकालाई बाटो खुलेको नगरपालीकाका प्रमुख प्रसासकिय अधिक्रित गणश तिम्सिनाले जानकारी दिनु भयो । उहाँले अदालतको आदेश लिएर भोली बंंैकमा रकम असुलीको लागी पत्राचार गर्ने पनि बताउनु भयो ।
दमक नगरापकिकाले गत जेठ मसान्तमा खोला उत्खनन् गर्न रोक्ने निर्णय गरेपछि ठेकेदार कम्पनिले असार मसान्तसम्म नै उत्खनन गर्न पाउनु पर्ने भन्दै नगरपालिका बिरुद्ध मुद्धा हालेको थियो । नगरपालिकाले ३,२०,३५२ घन मिटर उत्खनन गर्नका लागि अनुमति दिएकोमा जेठ महिना सम्ममानै ३,४८,९०९ घन मिटर उत्खनन गरेको पाईएकोले उत्खनन कार्य रोक्ने बोर्ड बैठकले निर्णय गरेको थियो ।
८ करोडभन्दा बढि रकममा खोला ठेक्का लागेपनि निर्माण कम्पनीले ३ करोड ७३ लाख रुपैयाँ नबुझाएकोले नगरपालीकाले बैंक ग्यारेन्टि जफत गर्न बैकमा पत्रचार गरेको थियो ।
शिवालिक निर्माण सेवाले अदालतमा रिट हाल्दै स्टे अर्डर ल्याएर बैक ग्यारेन्टि झिक्न दिएको थिएन । तर आज अदालतले रिट खारेज गरेसंगै अब नगरपालिकाले यो रकम झिक्न पाउने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here