दमक १ मा निर्माणाधिन नमुनाबस्ति नजिकै रतुवा खोलाले कटान सुरु गरेपछि स्थानिय त्रसित , तत्कालको लागी बाँस बाँधेर रोकथामको गरिंदै

0
943

असार २९/
दमक वडा नम्बर १ मा निर्माणाधिन नमुनाबस्ति नजिकै रतुवा खोलाले कटान गरेको छ । स्थानिय साकेला थान देखी पुर्व पट्टि करिब ५० मिटर जति ठाउँबाट कटान गरी रतुवा खोलो पस्न लागेपछि स्थानीयहरु त्रसित भएकाछन् । अबिरल बर्षा पछि आएको बाढिले रतुवा खोलो बढ्दा किनाराको बालुवालाई कटान गर्दै खोलो गाउँ तिर पस्न लागेको हो ।
खोलाले किनारा कटान गर्न थालेपछि तत्काल बाँस बाँधेर रोकथामको उपाय गरिएको दमक नगरपालीकाका ईन्जिनियर तिर्थनारायण श्रेष्ठले जानकारी दिनुभयो । तत्कालै तार जाली लगाएर बाँध बाँध्न सम्भव नभएकोले बाँस लगाएर पनि क्षति कम गर्ने उपालय लगाईएको उहाँले बताउनु भयो ।
खोला किनारामा सिधै ठोक्किएर कटान गरेकोले तारजालीनै लगाउन सकिने अवस्था नरहेको उहाँले बताउनु भयो । पानीको बहाब एकदमै धेरै भएकोले स्थायी समाधान गर्न नसकिए पनि तत्काललाई जोखिम कम गरिएको उहाँले बताउनु भयो । बर्षा रोकिंदै गएमा जोखिम कम हुँदै जाने भए पनि अझ बर्षा भएमा भने जोखीम बढ्न सक्ने ईन्जीनियर श्रेष्ठले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here