इंल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, अष्ट्रेलिया पराजित

0
754

२६ असार, एजेन्सी । साविक बिजेता अष्ट्रेलिया विश्वकप क्रिकेटको उपाधि होडबाट बाहिरिएको छ । बिहिबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक इंल्याण्डसँग ८ विकेटले पराजित भएसँगै छैठौं पटक उपाधि होडमा रहेको अष्ट्रेलिया बाहिरिएको हो ।

बर्मिघममा बिहिबार भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो । अब इंग्ल्याण्डले उपाधिका लागि आइतबार न्युजिल्याण्डसँग खेल्नेछन् । न्युजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै यसअघि नै फाइनल पुगिसकेको छ । इंग्ल्याण्ड र न्युजिल्याण्ड फाइनल पुगेसँगै एकदिवसीय विश्वकप जित्ने नयाँ च्याम्पियन राष्ट्र थपिने भएको छ । इंग्ल्याण्ड र न्युजिल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्याण्डको जासन रोयले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।  यस्तै जोय रुटले अविजित ४९ रन तथा कप्तान इयान मोर्गनले अविजित ४५ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्क र पाट कुमिन्सले १/१ विकेट लिए ।  इंग्ल्याण्डविरुद्ध एक विकेट लिँदै स्टार्कले एकै विश्वकप सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । इंग्ल्याण्डका जोनी बेयर्सस्टोलाई आउट गर्दै स्टार्क जारी विश्वकपमा २७ विकेट हात पारे । स्टार्कले लिएको २७ विकेट एकै विश्वकप एकै खेलाडी लिएको सर्वाधिक विकेट हो । यसअघि यस कीर्तिमान अष्ट्रेलियाका ग्लेन म्याकग्राथको नाममा रहेको थियो । उनले सन् २००७ को विश्वकप २६ विकेट लिएर कीर्तिमान बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here