अविरलको बर्षाले पूर्बी भेगको जनजीवन अस्तव्यस्त, ठाउँठाउँमा डुवान, सुनसरीमा एक जना वेपत्ता

0
620

असार २६/ सुनसरीको इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पस अगाडीको सुकुमारी खोलाले एक युवालाई बगाएको छ । सीमरबना घर भई सोहि स्थानमा ग्रील पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई आज बिहान ११ बजे तिर माछा मार्ने क्रममा बाढीले बगाएको स्थानियले बताएका छन । वेपत्ता युवकको खोजिकार्य भईरहेको र हाल सम्म नभेटिएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) समिरचन्द्र खरेलले जानकारी दिनुभयो ।
यता मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित मावा खोलाले बगाएकी एक महिलाको आज दिउँसो प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् ।
उर्लाबारी र दमक नगरपालिकाको सीमा भएर बग्ने मावा खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सोही ठाउँकी ४६ वर्षीय सुमित्रामाया कुमाललाई खोलाले बगाएको थियो । खोलाले बगाएकी महिलालाई इलाका प्रहरी उर्लाबारीबाट प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीवासीले उद्धार गरेका हुन् ।
घाइते महिलाको उर्लाबारी– ५ स्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उता मोरंग विराटनगरको दक्षिणी भाग मिल्स एरियाका अधिकांश घरहरुमा पानी पसेको छ ।
ढल निकास नहुँदा कोशी अञ्चल अस्पताल पनि डुवानमा परेको छ । सडकको पानी अस्पताल भित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनमा समेत पानी पसेर जलमग्न भएको छ ।
लगातारको वर्षा र अस्पताल भित्र पसेको पानीको निकास हुन नसक्दा आकस्मिक कक्ष भित्र पनि पानी पस्न सक्ने खतरा बढेपछि पम्पसेटको माध्यामबाट पानी बाहिर निकालिएको छ । जमेको पानीलाई सशस्त्र प्रहरी र अस्पतालको सुरक्षा गार्डको सहयोगमा पम्पसेटको माध्यामबाट बाहिर निकालिएको हो ।
यसै गरी अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशीमा आज बिहान १० बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख १० हजार ९०० सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here