विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित , बाढि पहिरोमा परि १४ जनाको मृत्यु

0
968

साउन २७/
मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, मकवानपुर, सिन्धुली र पर्सामा गरी १४ जनाले जनाले ज्यान गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । रामेछापमा पनि पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ अर्का एक जना घाइते छन् ।
भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ भने
पहिरोले पुरिएर एक किशोरको ज्यान गएको छ । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।
पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ ।
काठमाडौंको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कलमा पहिरो जाँदा एकजनाको पुरिएर मृत्युु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here