नेविसंघ झापाले प्रधानमन्त्रीलाई पठायो विषाक्त फलफुल तथा तरकारी

0
745

असार २४/
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ । नेविसंघले जिल्ला प्रशासन कार्यालयमार्फत आज देशैभरिवाट प्रधानमन्त्री ओलीलाई भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल उपहार स्वरुप पठाएको हो ।
भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध घोषणा गरिएको चरणवद्ध आन्दोलनअन्तर्गत प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य निरज अग्रवालले जानकारी दिनुभयो ।
यसैक्रममा नेविसंघ झापाले आजनै जिल्ला प्रशासन कार्यालयमार्फत प्रम ओलीलाई बिषाक्त तरकारी उपहार स्वरुप पठाईएको संघका जिल्ला सदस्य भवानी काफ्लेले बताउनु भयो ।
गत आइतबार नेविसंघले आज देशभरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने घोषणा गरिएको थियो । आन्दोलन अन्तरगत नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गरेको थियो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि भोली विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण र असार २६ गते मसाल जुलुस र असार २७ गते माइती घरमा बृहत प्रदर्शन तथा सभाको आयोजना गर्ने संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here