प्रदेश १ सरकारले मोरंगको बिराटनगरमा सञ्चालनमा ल्याएको विषादी परीक्षण प्रयोगशालामा भारत लगायत तेस्रो मुलुक बाट आयात हुने तरकारी तथा फलफुलको बिषादी परिक्षण नहुने

0
927

असार २३/
प्रदेश १ सरकारले मोरंगको बिराटनगरमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याए पनि उक्त प्रायोगशालामा भारत लगायत तेस्रो मुलुक बाट आयात हुने तरकारी तथा फलफुलको बिषादी परिक्षण नहुने भएको छ ।
संघीय सरकारले भारत लगायत तेस्रो मुलुकबाट आयात हुने फलफुल तथा तराकारीमा विषादी परीक्षण गर्ने आफ्नो निर्णय फिर्ता लिए संगै उक्त प्रयोगशालामा नेपालमा उत्पादन हुने तरकारी तथा फलफुलको मात्रै बिशादीको मात्रा परिक्षण हुने भएको हो ।
बिषादी परिक्षण गर्ने सरको निर्णय संगै विराटनगर नाकामा ट्रक लाइन लागेपछि रातारात काम गरेर ल्याब सञ्चालनमा ल्याए पनि सरकारले निर्णय फिर्ता लिए पछि अब यसमा आन्तरिक बजारकै तरकारी परीक्षण गर्ने प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले जानकारी दिनुभयो ।
गत बिहीबारको क्याबिनेट निर्णयले विषादी परीक्षण गर्ने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला काठमाडौंमा मात्रै भएको र अन्य भन्सार न्दिूमा त्यस्तो प्रशयोगशाला नभएको भन्दै निर्णय फिर्ता लिएको हो । मन्त्रिपरिषद बैठकले यथाशीघ्र प्रयोगशालाहरु निर्माण गर्न कृषि मन्त्रालयलाई भनेको छ । तर, बिराटनगरमा यस्तो प्रयोगशाला तयार भइसकेता पनि भारतीय तरकारी र फलफूलको परीक्षण भने तत्कालका लागि नहुने मन्त्रिपरिषदले बाटो खोलिदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here