भारतबाट आउने केरा र भुइँकटहरमा खानै नमिल्ने गरी बढी विषादी , नमुना परीक्षण गर्दा केरा र भुइँकटहरमा विषादीको रुकावट ४५ प्रतिशतभन्दा बढी

0
1407

असार २३/
भारतबाट नेपाल आयात गरिएका केरा र भुइँकटहरमा खानै नमिल्ने गरी बढी विषादी रहेको पाइएको छ । प्रदेश १ का मोरङ, सुनसरी र झापाका नाकाहुँदै नेपाल भित्रिएका कृषिजन्य वस्तुको परीक्षण गर्दा यस्तो पाइएको हो ।
नमुना परीक्षण गर्दा केरा र भुइँकटहरमा विषादीको रुकावट ४५ प्रतिशतभन्दा बढी भेटिएको प्रदेश १ विषादी मापन प्रगोशाला बिर्तामोडकी प्राविधिक सहायक अञ्जु आचार्यले बताउनु भयो । यो मात्रा खान मिल्नेभन्दा बढि भएको उहाँले बताउनु भयो ।
प्राबिधिक सहायक आचार्यका अनुसार विषादीको रुकावट प्रतिशत ३५ सम्म खान मिल्छ । ३५ देखी ४५ सम्म भए केहि दिन राखेर खानुपर्छ । ४५ भन्दा माथि भेटिए खान मिल्दैन । सरकारले विषादीको अनिवार्य परीक्षण गर्ने निर्णय गरेसँगै उक्त प्रयोगशालाले दैनिक ८० वटासम्म नमुना जाँचेको थियो । तीन नाकाबाट आएका नमुना दैनिक परीक्षण गरेर बढीमा २ दिनमै रिपोर्ट दिएको उहाँले जानकारी दिनुभयो ।
प्रयोगशालाले भारतबाट आयात गरिएका केरा, भुईंकटहर, स्याउ, आँप, अनार, कागती, खरबुजा, आलु, प्याज, पानको पात, खुर्सानी, भेँडे खुर्सानी, मेवा र मौसमको नमुना परीक्षण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here