सहयोग गरी आफ्नो ज्यान बचाईदिन दुवै मृगौला खराब भएका झापाको शिवसताक्षीका बालक समिर माझीको आग्रह

0
555

असार २३/
झापाको शिवसताक्षी नगरपालीका वडा नम्बर ७ हरियाली बस्तीका बालक समिर माझीको दुईवटै मृगौला खराव भए पनि आर्थिक बभावका कारण उपचार हुन सकेको छैन ।
विगत चार वर्षदेखि मृगौला रोगबाट थलिएका समिरको आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन सकेको छैन । आमा रेणु माझीले मृगौला दिने भए पनि गरिबीका कारण त्यारोपण गर्न नसकेको बुबा गोपाल माझीले बताउनुभयो । सम्पतिका नाममा झुप्रो घर भएको एक कठ्ठा जमिन पनि छोराको उपचारका लागि धितो राखेको माझीले बताउनु भयो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले त्रिवि शिक्षण अस्पताल काठमाडौँमा मृगौला प्रत्यारोपणका लागि रिफर गरेको छ । आर्थिक जोह नहुँदा छोराको मृगौला प्रत्यारोपण गर्न सकेको बुबा गोपालले बताउनु भयो ।
सहयोगी मनकारीले सहयोग गरिदिएर आप्mनो छोराका ज्यान बाचाई दिन बुबा गोपालले आग्रह गर्नु भयो । उहाँले छोरा समिर माझीको नाममा रहेको मेघा बैंकको झापा शिवसताक्षी शाखाको खाता नम्बर ०१७००५२६३१८०६ सहयोगका लागि आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here