१२ बर्षपछि ब्राजिललाई कोपा अमेरिका कपको उपाधि

0
665

२३ असार, काठमाडौं । आयोजक राष्ट्र ब्राजिलले १२ बर्षपछि कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि जितेको हो । ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाबि्रयल जिसस र रिचार्लिसनले गोल गरे ।  पेरुका लागि भने पाउलो गुइरेरोले गोल गरेका थिए । खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । तर खेलको ४४ औं मिनेटमा पेरुका पाउलो गुइरेरोले पेनाल्टीमार्फत गोल गर्दै खेल एक/एकको अवस्थामा फर्काए । खेलको पहिलो हाफमै ब्राजिलले अग्रता बनाउन सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २-१ गोलको अग्रता दिलाए । खेलको ७० औं मिनेटमा जिससले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित भयो । १० खेलाडीमा सिमित भए पनि ब्राजिलले खेलको ९० औं मिनेटमा पेनाल्टी मार्फत रिचार्लिसनले अर्को गोल गर्दै उपाधि सुनिश्चत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here