पाँचदिन देखी हराईरहेका ईलाम चुलाचुलीका अर्जुन राई हम्सेदुम्से वनमा मृत फेला

0
457

असार २२/
दमक वडा नम्बर २ स्थित हंम्से दुम्से सामुदायिक बन क्षेत्रमा आज एक युवा मृत अवस्थामा भेटिएका छन् ।
इलामको चुलाचली गाँउपालिका वडा नम्बर ५ का ४० वर्षीय अर्जुन राई आज मृत फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पाँच दिन देखि परिवारसंग सम्पर्कविहीन भएका राई को शब आज दिउँसो सडेको अवस्थामा भेटिएको प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक एक्तेनले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here