बिप्लवप्रति अझ गरम सरकार, बार्तामा नआए सिध्याइदिने धम्की !

0
518

१९ जेठ, काठमाण्डौ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आतंकारीहरुको समूहको दर्जा दिएको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले नेत्रविक्रम चन्द विप्लवको समूह आतंककारी नै भएको बताएका छन्।

‘जनताले हिंसालाई अस्विकार गरेको छ। स्कुल बन्द गराउने कस्तो वितण्डा ? परिणाम दक्षिणपन्थको सेवा गरिरहेको छ। विप्लव समूह आतंककारी नै हो। अपराधी पनि संगठित।’ मन्त्री बास्कोटाले धम्क्याएर जंगली राज चलाउन नपाइने बताए। ‘आफ्नो धन्दा गरिरहने। धम्क्याइरहने। यो जंगली राज चल्दैन,’ उनले भने, ‘यसलाई छुट दिन सकिँदैन। निर्दोष मान्छे मार्नेचाहि क्रान्ति। झुक्केर मार्न गए दमन।’ बार्तामा आए सरकार त्यसका लागि तयार रहेको उनले स्पष्ट पारेका छन । वार्ताबाट विप्लव भागिरहेको बास्कोटाको आरोप थियो। ‘भागेको उहाँहरु हो। किन भाग्नुभयो भने वार्तामा आउँदा त केही छैन माग्ने कुरा। वार्तामा आउँदा माग्ने कुरा केही छैन,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here