भारतबाट फलफुल तथा तरकारीको आयात गर्दा विषादीको मात्रा अनिवार्य परीक्षण गर्ने सरकारको निर्देशनले झापा र मोरंगका भन्सारमा तरकारी तथा फलफूल बोकेका भारतीय सवारी रोकिए , आफ्ना किसानलाई क्षति भएको भन्दै विषादी परीक्षण नगर्न भारत सरकारको आग्रह

0
1753

असार १९/
भारतबाट फलफुल तथा तरकारीको आयात गर्दा विषादीको मात्रा अनिवार्य परीक्षण गर्ने सरकारको निर्देशनले झापाको काँकरभिट्टा, मोरंगको विराटनगर लगायतका भन्सार नाकामा तरकारी तथा फलफूल बोकेका भारतीय सवारी रोकिए पछि भारतले नेपालको सीमा नाकामा सुरु गरिएको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको छ ।
नेपालस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको हो । दूतावासले असार १४ गते पठाएको पत्रमा भारतीय पक्षले प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पती सुरक्षा महासन्धीअनुसार सीमा नाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न नमिल्ने जिकिर गरेको छ ।
नेपालको निर्णयबाट आफ्ना किसान तथा व्यवसायीले ठूलो क्षति ब्यहोरेको भन्दै भारतले यस्तो काम बन्द गर्न आग्रह गरेको छ । यसअघि दूतावासका अधिकार मन्त्रालयमै गई विषादी परीक्षणको पूर्वाधार नै नभएको अवस्थामा कडाई गरिनु औचित्यपूर्ण नभएको बताएका थिए । भारतीय दूतावासले विषादी परीक्षण गर्नुको कारण पुष्टि गर्न पनि आग्रह गरेको छ ।
यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने सीमा नाकामा रोएिको तरकारी र फलफूलको मात्रा खासै ठूलो नरहेको भन्दै हल्ला मात्र धेरै भएको बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here