कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय विराटनगरको गोदाममा डिएपी मल रित्तियो , यो वर्ष पनि पूर्वी नेपालका किसानहरुले धान रोपाइँको सुरुमै प्रयोग हुने डिएपी मल नपाउने

0
608

असार १८/
विगतका वर्षजस्तै यो वर्ष पनि पूर्वी नेपालका किसानहरुले धान रोपाइँको सुरुमै प्रयोग हुने डिएपी मल नपाउने भएका छन् । कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय विराटनगरले डिएपीको गोदाम हिँजो बाट रित्तिएको जनाएको छ । धान रोपेको करिब तीन सातापछि प्रयोग हुने युरिया मल भने गोदाममा मौजदात रहेको छ ।
कार्यालयका सूचना अधिकारी नवरत्न गौतमले फागुन महिनादेखि चैत मसान्तसम्म आएको डिएपी मल हिँजो बाट सकिएको जानकारी दिनुभयो ।
उनले डिएपी मल आगामी साउन महिना लागेपछि आउन सक्ने भन्दै तत्काल किसानलाई डिएपी मल उपलब्ध गराउन नसकिने बताउनु भयो । कार्यालयका अनुसार धान रोपाइँको सिजन भएकाले यतिखेर दैनिक २ सय टन डिएपी मलको माग छ । अस्ति सोमबारसम्म गोदाममा १८ टन डिएपी मल थियो, तर हिँजो नै सकिएको सूचना अधिकारी गौतमले बताउनु भयो ।
मल नपाएपछि किसानहरु समस्यामा परेका छन् । मोरङ बयरवनका कृषक रमेश चौधरीले धान रोपाइँ गर्ने समयमा आवश्यक डिएपी मल नपाएपछि हैरान भएको बताउनु भयो ।
मोरङ रतुवामाई ५ मा रहेको सर्वोत्तम कृषि सहकारीका गोविन्द राईले कृषकको अत्याधिक माग भएअनुसार डिएपी मल लिन कृषि सामाग्री कम्पनीमा आए पनि रित्तो हात फर्कनु परेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here