दमकको जेष्ठ नागरिक सम्मान प्रतिष्ठानमा सञ्चालीत दुई दिने निशुल्क स्वास्थ्य शिबिरमा ८३७ जनाले स्वाथ्य जाँच गराए

0
807

असार १८/
दमक नगरपालीकाको आयोजनामा जेष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकमा हिँजो र आज सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिबिरमा ८ सय ३७ जनाले स्वास्थ्य जाँच गराएका छन् । नगर भित्रका जेष्ठ बुबा आमालाई लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य शिबिरमा बिषेश गरी आँखा, दाँत, मुटु सम्बन्धि समस्या भएको बिरामी धेरै देखिएको दमक नगरपालीका स्वाथ्य शाखा प्रमुख ईन्द्र अर्यालले बताउनु भयो ।
जेष्ठ उमेरमा देखिने स्वास्थ्य समस्याका साथै, मुटु, आँखा, दाँच, स्त्री रोग, प्रोष्टेट, हाडजोर्नी नशा, अल्जाईमर लगायतका स्वास्थ्य समस्याको बिषेशज्ञ चिकित्सक बाट पहिचानका साथै उपचार गर्ने गरी स्वास्थ्य शिबिरको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य शिबिरमा १ सय २० जना भन्दा धेरैको भिडियो एक्सरे गर्नुका साथै ल्याब टेष्ट, मुटुको भिडियो एक्सरे, ईसीजी लगायतका परिक्षणहरु पनि निशुल्क गरिएको दमक स्वास्थ्य शाखा प्रमुख अर्यालले बताउनु भयो । १ सय ४३ जना आँखाका बिरामीहरुलाई निशुल्क चस्मा समेत वितरण गरिएको उहाँले बताउनु भयो ।
सुनशरीको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठा र दमकका बिभिन्न स्वास्थ्य संस्थाहरुको सहकार्यमा बिषेसज्ञ चिकित्सक सहितको सेवा प्रदान गरिएको जेष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष शिताराम खतिवडाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here