दमक ९ को अनाथ वाल वृद्धाश्रम आज देखी सञ्चालनमा , पहिलो पटक ६ बालबालीकाको संरक्षण

0
948

असार १८/
करिव डेढ दशकको प्रयास पछि झापाको दमक–९ मा अनाथ वाल वृद्धाश्रम सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका वीच ६ जना बालबालिकाहरुको संरक्षण सहित वाल आश्रम सञ्चालनमा ल्याईएको हो । संरक्षित बालबालिका मध्ये २ बालिका छन् । आश्रममा ४० जना संरक्षित गर्ने क्षमता रहेको छ ।
आश्रमको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गर्नुभयो । आश्रम शुभारम्भ कार्यक्रममा उपप्रमुख गीता अधिकारी, दमक ९ का वडाध्यक्ष रामबहादुर धिमाल, वडा नंं १ का वडाध्यक्ष ताराप्रसाद अधिकारी, वडा नं. ८ का वडाध्यक्ष पशुपतिराज गौतम, जिल्ला समन्वय समिति सदस्य सुशिला अधिकारी, राजनीतिक तथा सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराई लगायतको उपस्थिति थियो ।
आश्रमकी अध्यक्ष सुमित्रा प्रसाईका अनुसार आश्रम २ बिगाहा भन्दा बढि जमिन र दुई तले पक्की भवन रहेको छ । आश्रमलाई लक्ष्य अनुसार नियमित सञ्चालन गर्न संस्थागत तथा व्यक्तिगत रुपमा सवैबाट सरसहयोग जुट्ने अध्यक्ष प्रसाईले विश्वास व्यक्त गर्नुभयो ।
भवन निर्माण समितिका संयोजक कोमल राज प्रसाईले आश्रमको स्रोत जुटाउन विस २०६० र २०६४ सालमा लगाईएको महायज्ञबाट जमिन तथा भवनको व्यवस्थापन गरिएको वताउनुभयो । सो मध्ये २ पटक गरि ५ लाख रुपैया महिला तथा वालबालिका कार्यालयबाट प्राप्त भएको हो । यस्तै आश्रम परिसरमा दमकका भवानी मिश्रले दूर्गादेवीको मन्दिर समेत निर्माण गरि दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here