झापाको गौरीगञ्जमा गए राती मच्छड धपाउन बालेको आगो सल्किएर आगलागी हुँदा ४ लाख भन्दा धेरैको क्षती

0
479

असार १७/
झापाको गौरीगञ्जमा गए राती मच्छड धपाउन बालेको आगो सल्किएर चार घरमा आगलागी भएको छ । गौरिगञ्ज वडा नम्बर २ साविक कोरोबारी ९ का केन्चु ताजपुरीयाको गुहालीमा मच्छड धपाउन बालिएको आगोले जलेर चार घर जलेका हुन् ।
राती अन्दाजी २ बजेतिर गोठबाट निस्किएको आगोका कारण गुहाली, घर, भान्सा घर आदि ४ वटा घर पूर्ण रुपमा जलेका वडाध्यक्ष अघ्नु राजवंशीले जानकारी दिनुभयो । आगलागीबाट ताजपुरीयाले मकै बेचेर राखेको नगद १ लाख, अन्नपात, लत्ताकपडा आदि ४ लाख भन्दा बढी मुल्य बराबरको नोक्सानी भएको राजवंशीले बताउनु भयो । आगो निभाउने क्रममा ताजपुरीयाको हात र खुट्टा समेत जलेका छन् । उहाँको गौरीगञ्ज स्वास्थ्य केन्द्रमा उपचार भैरहेको वडाध्यक्ष राजवंशीले बताउनु भयो । घर जलेपछी पीडित ताजपुरीयाको ६ जनाको परिवार आफन्तको शरणमा बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here